राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोतरी जिल्लामा विगत लामो समय देखि आन्तरिक विवादका कारण पार्टीको समायोजन, संगठन विस्तार र जिल्ला अधिवेशन अवरुद्ध हुदै आएको थियो । रास्वपाले महोतरी लगायत मधेश प्रदेशको समस्या समाधान गर्न पटक–पटक विशेष टोली खटाएपनि यस प्रदेशमा देखिएको समस्या समाधान हुन सकेको थिएन । मधेश प्रदेशका पार्टी सभापति इ. तपेश्वर यादव सोमवार ‘हामि आउदै छौं’ कार्यक्रम अन्तरगत महोतरीका सम्पुर्ण पार्टीमा आवद्ध कार्यकर्ताहरुलाई भेला गराई जिल्ला कार्यसमितिको बैठक बसेर संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने विषयमा छलफल भएको महोतरी जिल्ला सभापति सुभम कुमार यादवले जनाएको छ ।
जिल्ला सभापति यादवले दिएको जानकारी अनुसार प्रदेश सभापति माननीय तपेश्वर यादवको पहलमा महोतरी जिल्लामा रहेको विवाद समाप्त भएको छ । महोतरी जिल्लाका सम्पुर्ण पार्टी कार्यकर्ताहरुले आगामी दिनमा आपसी छलफल, सहमति र सर्वसम्मतिका आधारमा निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लामा विगतमा देखिएको आपसी मनमुटाव गुट उपगुट र विवाद समाप्त भएको पार्टीले जनाएको छ ।
रास्वपा मधेश प्रदेशका संस्थापक कोषाध्यक्ष चन्दन साहले भने केन्द्रले पटक पटक मधेश प्रदेशको पार्टीमा देखिएको विवाद मिलाउन उच्चस्तरीय कमिटी गठन गरेर पठाएपनि मधेशको समस्या मथर हुन सकेको छैन । यधपी प्रदेश सभापति माननीय इ।तपेशवर यादवको पहलमा महोतरी जिल्लामा देखिएको समस्या समाधान हुनु शुभ संकेत रहेको साहले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीका संस्थापक सभापति कमलेश साहले पनि प्रदेशका संस्थापक कोषाध्यक्ष साहको भनाईलाई समर्थन गर्दै भने अहिले पार्टी विशाल रुप धारण गरि सकेको छ । रास्वपा प्रवेश गरेका सबै नया, पुरानालाई एक ढिक्का पारेर पार्टी समायोजन गर्नु पार्टीको लागि ठुलो चुनौती छ । यसलाई मनन गर्दै संगठन बिस्तारको दायरालाई फराकिलो बनाउदै सबैलाई समेटने गरि वडा देखि प्रदेश सम्म कमिटी बिस्तार गर्नुको विकल्प छैन ।
तेसैले मधेशलाई बुझेको, मधेशलाई चिनेको माननीय सभापति इ। तपेश्वर यादवको नेतृत्वमा पहल भए यस प्रदेशमा देखिएको समस्या केहि दिनमै समाधान हुने विश्वास रास्वपा सर्लाहीका संस्थापक सभापति साहले व्यतm गर्नुभयो । पार्टीका प्रदेश प्रवतmा रंजित रामले पनि मधेश प्रदेशको समस्या सभापति तपेश्वर यादव बाहेक अरु कसैले समाधान गर्न नसकने भनेर दाबी नै गर्नुभयो । प्रदेशको समस्यालाई सभापति यादवले राम्रो संग बुझेकाले वहा लागि परे केहि दिनमै मधेश प्रदेशको समस्या साम्य हुनेछन । प्रवतm रामको कथन छ ।
यस सम्बन्धमा प्रदेश सभापनि माननीय इ। तपेश्वर यादव संग कुरा गर्दा वहाले भने महोतरी जिल्लामा देखिएको समस्यालाई सोमवार पार्टीका सम्पुर्ण साथीहरु संग वृहत छलफल गरि सबैलाई एकसुत्रमा बाधेर दरो रुपमा गाढ बाधेको छु । अब यो खुल्ने छैन । महोतरीको समस्या समाधान भएको छ । अब बाकी ७ जिल्लाको समस्या पनि छिटटै समाधान गरेर छाडने र मधेशलाई घण्टीमय बनाउन हामि काम गरि रहेको बताउनु भयो । सभापति यादवले थप्दै भने स्थानीय तथा प्रदेशको निर्वाचनमा रास्वपाले वडादेखि प्रदेश सम्म कसरी जित हासिल गर्न सकछन भनेर ९मिसन मधेश० नाम दिएर काम गरिरहेको छु ।
यो मिसनमा हामि सबै जनाले हातेमालो गरि अटुट बिश्वासका साथ लागि परेको वहाले बताउनु भयो । नया पुराना कोही पनि छैन । हामि सबैजना घण्टी हो, यो नारा लगाउदै विवाद मिलाउदै पार्टीलाई एक ढिक्का बनाएर देखाउने प्रदेश सभापति यादवले प्रतिवद्धता व्यतm गर्नुभयो । विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको थियो । रास्वपाको प्रथम महाधिवेशन पछि असारमा मधेश प्रदेशका आठ जिल्ला मध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझै सम्म अधिवेशन हुन सकेको छैन ।
यस सन्दर्भमा रास्वपाले विशेष टोली परिचालन गरेका थिए । भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीका सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको थियो । उक्त समितिले स्थलगत रूपमै जिल्लाहरुमा पुगेर छलफल र संवाद गरेका थिए । सहमहामन्त्री हरि ढकाल नेतृत्वको अडिट समितिमा नेताहरू सुरेन्द्र चौधरी, अशोक कुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवालले पर्साबाट बारा, रौतहट, सर्लाही, जनकपुर र महोत्तरीमा अडिट सम्पन्न गरि सात वटै जिल्लामा छलफल गरेर संगठन अडिट गर्दै विवाद समाधानको उपाय सहित विशेष टोली काठमाडौं फर्कि सकेका छन ।
यधपी मधेशको समस्या ज्युका त्यु छन । संगठन बिचको रस्साकस्सीले मधेशमा अधिवेशन सम्पन्न गर्न सकिएन । जिल्ला कमिटीहरुमा पनि ठुलै विवाद छ । यसतो अवस्थामा प्रदेश सभापनि माननीय इ। तपेश्वर यादवले पार्टीको समस्या समाधान गर्न लाग्नु स्वभाविक र स्वागत योग्य कदम रहेको पार्टीका अधिकांस कार्यकर्ताहरुले बताएको छ ।


