२०८३ आश्विन २७, मंगलवार १६:४८

हुंकार मधेसले पहिलो चरणमा २१ वटा विभागका प्रमुखहरूको जिम्मेवारी तोकेको छ। संगठनले विभागीय प्रमुखहरू कम्तीमा स्नातक उत्तीर्ण र सम्बन्धित विषयका विज्ञ हुनुपर्ने प्रावधान अनुसार जिम्मेवारी तोकिएको जनाएको छ।

हुंकार मधेसले जिम्मेवारी पाएका सबै विभागीय प्रमुखलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सय दिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिएको छ। संगठनले दसैंलगत्तै झापादेखि कञ्चनपुरसम्म सय दिने हुलाकी यात्रा सुरू गर्ने कार्यक्रम समेत तय गरेको छ। हुंकार मधेसको औपचारिक घोषणा २०८३ असोज ९ गते गरिएको थियो।

संगठनले तोकेका विभागीय प्रमुखहरूमा संवाद तथा समन्वय विभागमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभागमा केशवकुमार, संगठन विभागमा कौशलेन्द्र कौशल र कानुन तथा न्याय विभागमा रत्नेश्वर सनातनी छन्।

त्यस्तै, आइटी तथा कार्यमूल्यांकन विभागमा रोशनकुमार, बौद्धिक तथा पेसाकर्मी विभागमा डा. एनएन भारद्वाज, आर्थिक विभागमा सचिदानन्द यादव, अनुशासन विभागमा राजाराम यादव र प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानवलाई जिम्मेवारी दिइएको छ।

सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागको जिम्मेवारी कृष्णकुमार, स्वयंसेवी सुरक्षा दस्ता विभागको उमेश सिंह, युवा तथा विद्यार्थी विभागको पंकज आनन्द र वैदेशिक रोजगार विभागको मनिषकुमारले पाएका छन्।

सूचना तथा सञ्चार विभागमा पुष्पा प्रिया, संघीय मामिला विभागमा मधुमाया यादव, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी र नागरिकता तथा भूमिहीन समस्या समाधान विभागमा अंगद यादवलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, कृषि विकास तथा अनुसन्धान विभागमा रामकिशुन नायक, विज्ञान तथा प्रविधि विभागमा प्रा. विजय महासेठ र सहिद तथा घाइते व्यवस्थापन विभागमा मो. युसुफ साफीलाई जिम्मेवारी तोकिएको छ।

Comment

Related News

Latest News

Trending News