२०८३ आश्विन २८, बुधबार ०७:४०

मधेश प्रदेशमा बालबालिकाको बहुआयामिक प्रगतिको अवस्था निकै कमजोर रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफ नेपालको सहकार्यमा मंगलवार जनकपुरधाममा सार्वजनिक गरिएको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरणको अवस्था विश्लेषण, २०२६’ प्रतिवेदन अनुसार वञ्चितीकरणको अवस्था चुनौतीपूर्ण देखिएको छ ।

सूचना तथा सञ्चार, पोषण, शिक्षा र स्वास्थ्यमा बालबालिकाको पहुँच कमजोर रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको ती अध्ययनले देखाएको छ । मधेश प्रदेशमा बालिकाको वञ्चितीकरणको अवस्था औसतन ५८ प्रतिशत रहेको छ । उमेर समूह अनुसार २४ महिनादेखि ५९ महिनासम्मको ५०.४ प्रतिशत, ५ वर्षदेखि ९वर्षसम्मको ६१.८ प्रतिशत र १० वर्षदेखि १७ वर्षसम्मको पनि ६१.८ प्रतिशत रहेको छ । ३ भन्दा बढी आयाममा वञ्चित ०—१७ वर्षको बालबालिकाको दर २९.३ प्रतिशत रहेको छ ।

सूचना तथा सञ्चारसम्बन्धी वञ्चितीकरण ६२.६ प्रतिशत, पोषणसम्बन्धी वञ्चितीकरण ५०.६ प्रतिशत, शिक्षासम्बन्धी वञ्चितीकरण २० प्रतिशत र स्वास्थ्यसम्बन्धी वञ्चितीकरण १८.१ प्रतिशत रहेको छ । यी चारै सूचक राष्ट्रिय औसतभन्दा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । बालबालिकाको समग्र जीवनस्तर मापन गर्ने यस अध्ययनले आधारभूत आवश्यकता पूरा नहुँदा उनीहरूको स्वास्थ्य, सिकाइ, विकास र अवसरमा असर पर्न सक्ने अवस्था भनी कार्यक्रममा वक्ताहरुले चिन्ता जनाएका छन् । प्रतिवेदनले खानेपानी, सरसफाइ, आवास, पोषण, स्वास्थ्य, शिक्षा तथा सूचना र सञ्चार गरी सातवटा क्षेत्रमा बालबालिकाको अवस्था विश्लेषण गरेको छ ।

मधेश प्रदेशमा सूचना तथा सञ्चारसम्बन्धी वञ्चितीकरण ६२.६ प्रतिशत हुनु बालबालिकाको डिजिटल पहुँच र सूचना प्राप्त गर्ने अवसरका दृष्टिले महत्त् वपूर्ण चुनौती हो । आधुनिक प्रविधि, इन्टरनेट तथा सूचना स्रोतमा पहुँचको असमानताले बालबालिकाको सिकाइ र शैक्षिक अवसरमा प्रभाव पार्ने सक्ने देखिन्छ ।

आधाभन्दा बढी बालबालिका पोषणबाट वञ्चित

पोषणसम्बन्धी वञ्चितीकरण ५०.६ प्रतिशत हुनुले मधेशमा बालबालिकाको पोषण अवस्था सुधार गर्न थप प्रयास आवश्यक रहेको देखाउँछ। पर्याप्त तथा विविधतायुक्त खाना, उमेरअनुसार उपयुक्त आहार र पोषणसम्बन्धी सेवामा पहुँच बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रादेशिक नतिजाले पनि मधेशमा कुपोषणको समस्या देखाएको छ । उक्त सर्वेक्षण अनुसार मधेशमा पाँच वर्षमुनिका २३.२ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल कम र ३१.१ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ कम रहेको छ ।

शिक्षामा पहु“च

शिक्षासम्बन्धी वञ्चितीकरणमा मधेशको अवस्था २० प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रादेशिक नतिजाअनुसार मधेशमा कक्षा १ देखि ५ सम्मका ९.२ प्रतिशत, कक्षा ६ देखि ८ सम्मका ८.२ प्रतिशत र कक्षा ९ देखि १२ सम्मका २२.६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् । प्रारम्भिक बालशिक्षा कार्यक्रममा सहभागिता पनि २६.३ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य सेवाको पहु“मा पनि कमी

स्वास्थ्य सम्बन्धी वञ्चितीकरणमा मधेशको अवस्था १८.१ प्रतिशत रहेको छ । बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नियमित स्वास्थ्य परीक्षण, खोप, पोषण परामर्श तथा बिरामी पर्दा समयमै उपचारको पहुँच महत्त्वपूर्ण हुन्छ । नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार मधेशमा नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा ३३ रहेको छ । दुवै सूचक राष्ट्रिय औसतभन्दा उच्च रहेको सर्वेक्षणको नतिजाले देखाएको छ ।

त्यसैगरी, गर्भवती महिलाले सिफारिस गरिएका चार पटकको गर्भ जाँच गराउने अनुपात ७०.४ प्रतिशत रहेको छ। स्वास्थ्य बिमामा आबद्धता पनि कम देखिएको छ। सर्वेक्षणअनुसार मधेशमा स्वास्थ्य बिमा भएका महिलाको अनुपात ६.६ प्रतिशत र पुरुषको ३.९ प्रतिशत रहेको छ । मधेश प्रदेशमा खानेपानीको स्रोतसम्म पहुँच हुनु मात्रै पर्याप्त छैनÙ पानी सुरक्षित र पिउनयोग्य हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ । नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजाअनुसार मधेशका ९९ प्रतिशत घरपरिवारले सुधारिएको खानेपानीको स्रोत प्रयोग गर्छन्। तर, परीक्षण गरिएका पानीका नमुनामध्ये ६५ प्रतिशतमा ई. कोलाई जीवाणु भेटिएको तथ्य सार्वजनिक गरिएको छ ।

सुधारिएको स्रोत प्रयोग गर्नु र पानी पूर्ण रूपमा सुरक्षित हुनु फरक विषय हुन् । दूषित पानीले बालबालिकामा झाडापखाला तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले पानीको नियमित परीक्षण, शुद्धीकरण र सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ । मधेशको बहुसूचक सर्वेक्षणले आधार भूत सुविधाको पहुँचमा केही सकारात्मक अवस्था पनि देखाएको छ । प्रदेशका ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् सुविधा र ९४.७ प्रतिशतमा टेलिफोन सुविधा रहेको छ । इन्टरनेट प्रयोग गर्न सकिने उपकरण भएका घरपरिवारको अनुपात ७८.९ प्रतिशत रहेको छ ।

Comment

Related News

Latest News

Trending News