गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन्।
गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा भाग लिन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।
बुधबार जयशंकरले गृहमन्त्री गुरुङलाई भेटेकोबारे सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन्। भेटका के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन।
नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको चर्चा चलिरहेका बेला क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारीमा सहकार्य थप सुदृढ गर्ने विषयमा नेपाल र भारतबीच छलफल भएको छ।
भेटमा गृहमन्त्री सुधन गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
तीनदिने भारत भ्रमण सकेर बुधबार साँझ उनी नेपाल फर्किँदै छन्।



