२०८३ आश्विन २९, बिहीबार १३:२७

आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ ।

हिजो तोलाको चार हजार २५५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आज चार हजार ३५ रुपैयाँमा झरेको छ । यो भनेको ५ दशमलव १७ प्रतिशतको गिरावट हो ।

यस्तै सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News