२०८३ आश्विन ३०, शुक्रबार ११:१६

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (मधेसी) तर्फ अजयकुमार चौरसिया निर्वाचित भएका छन्।

एक पदका लागि भएको निर्वाचनमा ८ जना उम्मेदवार थिए।

पर्साका चौरसियाले निवर्तमान सहमहामन्त्री महेन्द्र यादव, संसदीय दल उपनेता अभिषेकप्रताप शाह, किरण यादव, रामपल्टन साह, नगिना यादव, मुक्ताकुमारी यादव र मनिषकुमार मिश्रलाई हराएका हुन्।

चौरसिया २०७८ सालमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए। शेरबहादुर देउवा पक्षका उनी गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी थिएनन्।

गत वैशाखमा चौरसियासहित १९ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

Comment

Related News

Latest News

Trending News