२०८३ कार्तिक १, शनिबार ११:००

नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको दाबीसहित भारतीय प्रहरीले सीमावर्ती सहर रक्सौलमा २५ किलो गाँजा लागुऔषध बरामद गरेपछि नेपालतर्फको सीमा सुरक्षा र प्रहरीको चेकजाँचमाथि प्रश्न उठेको छ। भारत–नेपाल सीमामा लागुऔषध ओसारपसारविरुद्ध भारतीय प्रहरीले कारबाही तीव्र बनाइरहेका बेला नेपालतर्फबाट गाँजा कसरी सीमापार पुग्यो भन्ने प्रश्न गम्भीर बनेको हो।

भारतको पूर्वी चम्पारण जिल्ला रक्सौलस्थित हरैया थाना प्रहरीले गोप्य सूचनाका आधारमा कारबाही गर्दै करिब २५ किलो गाँजा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले तस्करीमा प्रयोग भएको सेतो रङको अल्टो कारसमेत शुक्रवार नियन्त्रणमा लिएको छ।

भारतीय प्रहरीको प्रेस विज्ञप्तिअनुसार नेपालतर्फबाट सिवान टोला हुँदै रक्सौलतर्फ एउटा सेतो अल्टो कारमा ठूलो परिमाणमा गाँजा ल्याइँदै गरेको सूचना प्राप्त भएको थियो। सूचनाको पुष्टि भएपछि रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

सिवान टोला चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा बीआर ०६ सीएम ९३२४ नम्बरको कार तलासी गर्दा डिक्कीबाट कालो र रातो प्लास्टिकमा बेरिएका १२ वटा पोका बरामद भएको प्रहरीले जनाएको छ। ती पोकामा करिब २५ किलो गाँजा रहेको दाबी गरिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा हरैया थाना क्षेत्रको सिवान टोलाका बिक्कु पटेललाई पक्राउ गरेको जनाएको छ। बरामद लागुऔषध नेपालबाट ल्याइएको दाबी गरिए पनि त्यसको वास्तविक स्रोत र तस्करीको सञ्जालबारे थप अनुसन्धान आवश्यक देखिएको छ।

नेपालतर्फको सुरक्षा जाँच कहाँ कमजोर भयो ?

रक्सौलमा भारतीय प्रहरीले सीमापारबाट आएको भनिएको लागुऔषध बरामद गरेपछि नेपालतर्फका मकवानपुर, बारा र पर्सा जिल्लाका प्रहरी तथा सीमा सुरक्षामा खटिएका निकायको चेकजाँच प्रभावकारी छ कि छैन भन्ने प्रश्न उठेको छ।

यदि गाँजा नेपालबाटै ल्याइएको हो भने, नेपालतर्फको सुरक्षा जाँच पार गर्दै भारतीय सीमासम्म कसरी पुग्योरु सीमावर्ती सडक तथा सम्भावित तस्करी मार्गमा नियमित निगरानी भइरहेको छ कि छैनरु लागुऔषध नियन्त्रणका लागि खटिएका प्रहरी र सशस्त्र प्रहरी बलका इकाइबीच समन्वय कति प्रभावकारी छरु यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।

विशेषगरी मकवानपुरबाट बारा र पर्सा हुँदै वीरगन्ज–रक्सौल नाका आसपाससम्म पुग्ने सम्भावित ओसारपसार मार्गमा सुरक्षा जाँचको अवस्था र निगरानी प्रणालीबारे समीक्षा आवश्यक देखिएको छ। तर, भारतीय प्रहरीले बरामद गरेको गाँजा नेपालकै कुन स्थानबाट आएको हो भन्ने तथ्य पुष्टि नभएसम्म कुनै जिल्ला वा सुरक्षा निकायको कमजोरी ठहर गर्न सकिँदैन।

सीमामा भारतीय प्रहरी सक्रिय, नेपालतर्फको निगरानीमाथि चासो

उक्त कारबाहीमा रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारी, सशस्त्र सीमा बल ९एसएसबी० को ४७औँ वाहिनी धुपवा टोलाको टोली तथा हरैया थाना प्रहरी सहभागी रहेको जनाइएको छ।

सीमापार अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र संयुक्त समन्वय आवश्यक हुन्छ। भारतीय क्षेत्रमा गाँजा बरामद हुनु र नेपालबाट ल्याइएको दाबी सार्वजनिक हुनुले नेपालतर्फको निगरानीमाथि चासो बढाएको छ।

अब सम्बन्धित नेपाली सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा भइरहेको चेकजाँच, लागुऔषध ओसारपसार नियन्त्रणका प्रयास र भारतीय पक्षसँगको समन्वयबारे स्पष्ट पार्नुपर्ने देखिन्छ।

 

Comment

Related News

Latest News

Trending News