२०८३ कार्तिक ७, शुक्रबार ०९:०६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने भएका छन्।

लामिछाने धनगढी हुँदै भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँछी धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने तय भएको विज्ञप्तिमा उल्लेख छ।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्किनेछन्।

Comment

Related News

Latest News

Trending News