सुनको भाउ आज बढेको छ। चाँदी पनि आज महँगिएको छ।
आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलामा ११ हजार ७ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ७८ हजार ५ सयमा झरेको थियो।
यसअघि यही कात्तिक २ गते सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेर ३ हजार ९ सय ९५ पुगेको छ। हिजो २३० रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


