२०८३ कार्तिक ९, सोमवार १२:५५

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको असर पर्ने भएकाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पोस्ट मनसुनका बेला सामान्यतया राम्रो मौसम हुने भए पनि बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यून चापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा असर पार्ने देखिएको नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

उहाले आगामी बिहीबारदेखि यसको प्रभाव देखिन थाले पनि शुक्रबार र शनिबार सबैभन्दा बढी प्रभाव रहने जानकारी दिनुभयो । सो अवधिमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै उहाले उच्च पहाडी तथा हिमाली भूभागहरूमा बाक्लो हिमपात तथा हिमआँधी आउने सम्भावना रहेकोले पर्वतारोहण वा उच्च क्षेत्रमा नजान आग्रह गरिएको बताउनुभयो ।

त्यस्तै ठूलो बाढी आउने सम्भावना कम भए पनि दुर्गम क्षेत्र र बाटोहरूमा पहिरो जान सक्ने जोखिम रहने बिभागले जनाएको छ । पाकेको धानबालीमा मध्यम वर्षा वा हावाहुरीले असर पु¥याउन सक्ने हुनाले कृषि क्षेत्रमा र विशेषगरी शुक्रबार–शनिबार विशेष सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् पोखरेलले बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News