२०८३ कार्तिक ९, सोमवार २०:३६
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४० रन जोडे भने आसिफ शेखले ३२ रनको योगदान दिए। बलिङतर्फ किशोर महतोले ४ विकेट र शेर मल्लले ३ विकेट लिँदै सुदूरपश्चिमलाई १७.२ ओभरमा ८७ रनमै समेट्न मुख्य भूमिका खेलेका थिए।


