२०८३ कार्तिक १०, मंगलवार ०९:१४

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले आफू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छली तथा चोरी–तस्करीका सामान सजिलै पास गराइदिने आश्वासन दिने गरेका थिए ।

सामान पास गराउन रकम नदिए पक्राउ गराइदिने धम्की दिँदै रकम असुल्ने तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । वर्णवाललाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरेको र उनीमाथि कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वर्णवालले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सेवामा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान अगाडि जनाएको छ।

Comment

Related News

Latest News

Trending News