२०८३ कार्तिक १२, बिहिवार ११:१२
सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरू ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास छन् । आरोपीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । भारतबाट उनीहरू मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।


