नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका लागी मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ ।
नयाँ कार्यसमिति सदस्यहरुको सपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले Úहामी तयार छौँÚ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको हो । उहाले छिटै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गर्नुभयो । प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले तिहार र छठलगत्तै लीडरशिप एकेडेमी , इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिनुभयो । नेता/कार्यकर्ताको रुचिअनुसार कार्य विभाजन गरिने र सह–महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उहाले जानकारी दिनुभयो ।
उहाले हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू अब नगर्ने घोषणा गर्नुभयो । सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन उहाले निर्देशन दिनुभयो ।


