२०८३ कार्तिक १३, शुक्रवार ११:१४

चार दिनसम्म लगातार बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ८० हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ५ सय पुगेको थियो।

चार दिनमा ५ हजार रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँ घटेर ३ हजार ८ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ३ हजार ९ सय ३० रुपैयाँ थियो।

Comment

Related News

Latest News

Trending News