२०८३ कार्तिक १६, सोमवार ११:५९

आज सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार तीन सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार प्रतितोला तीन हजार दुई सय रुपैयाँ र आइतबार आठ हजार तीन सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार पाँच सय रुपैयाँ घटेको थियो।

आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।  यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला तीन हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार सात सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रुपैयाँ बढेको हो।

Comment

Related News

Latest News

Trending News