२०८३ कार्तिक १७, मंगलवार ०९:४८

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् ।

हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको जनाइएको छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाको कारण र क्षतिको थप विवरण आउन बाँकी छ ।

Comment

Related News

Latest News

Trending News