नेपालको जनकपुरधाम र भारतको अयोध्याधामलाई जोड्न भारतीय रेलले सञ्चालन गर्न लागेको रेल सेवाको सुरक्षा सम्बन्धी जाँचका लागि भारतीय रेलवेका अधिकारीहरु रेल सहित बिहीबार कुर्थासम्मको निरीक्षणमा आउन लागेका छन् ।
जनकपुरधामदेखि अयोध्याधाम सम्मको रेलमार्ग ४ सय ६४ किलोमिटर लामो छ ।जनकपुरधामबाट छुट्ने रेल अयोध्याधाम अर्को दिन बिहान पुग्नेछ । रेलको सेड्युल, टिकटको मूल्य, हप्तामा कति दिन गुड्नेलगायतका विषयमा निर्णय हुन बाँकी छ । तर रेलवेका अधिकारीहरुले जनाए अनुसार हाल हप्तामा एक दिन शनिबार जनकपुरधामबाट मध्यान्ह रेल अयोध्याका लागि छुट्ने छ । जयनगरबाट रेल मधुवनी, दरभंगा, सीतामढीलगायतको स्थान हुँदै गोरख भएर अयोध्याधाम आइतबार बिहान पुग्ने बताइएको छ ।
शनिबार मध्यान्ह १२ बजे अयोध्याधामबाट रेल छुट्ने छ भने आइतबार बिहान ५ बजे जनकपुरधाम आइपुग्ने छ । भने त्यस्तै जनकपुरधामबाट सोमबार २ बजे दिउँसो छुट्ने छ भने मंगलबार मध्यान्ह १२ बजे जनकपुरधाम आइपुग्ने जनाइएको छ । रेल सञ्चालनका लागि सुरक्षाको अवस्थाबारे स्थलगत जानकारी लिन भारतीय रेलवेका अधिकारीहरुको टोली नेपाल रेलवेको जक्सन-मुख्य स्टेशन) कुर्थासम्म जाने बताइएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र साहबालेन) ले भारतीय समकक्षी नरेन्द्र मोदीसँगै संयुक्त रुपमा जनकपुरधाम–अयोध्याधाम रेलवे सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भारतीय रेलवे अधिकारीहरुले नेपाल रेलवेका अधिकारीहरुसित रेल सञ्चालन र सुरक्षा सम्बन्धमा छलफल गर्ने बताइएको छ । भारतीय विदेश सचिव नेपालमा रहेकोले नेपालका परराष्ट्र सचिव र अधिकारीहरुसित गर्ने छलफलमा जनकपुरधाम–अयोध्याधामबीच सञ्चालन हुने रेलसेवाको विषयमा समेत छलफल हुने बताइएको छ । अधिकारीहरुका अनुसार जयनगरदेखि जनकपुरधामसम्म रेलवेको सुरक्षा नेपाल रेल्वेको हुनेछ । जयनगरदेखि भारतीय भूभागमा भारतीय रेलवेले सुरक्षा गर्ने उनीहरुले जनाएका छन् ।
विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा जनकपुरधामबाट अयोध्या चल्ने बस सेवाको शुभारम्भ गरेका थिए । तर त्यो बस सेवा वर्षदिन पनि नियमित रुपमा सञ्चालन हुन सकेन । जनकपुरधाम–अयोध्या सञ्चालन हुने रेल्वेको उद्घाटन भने प्रधानमन्त्री बालेन र प्रधानमन्त्री मोदीले संयुक्त रुपमा भारतको राजधानी नयाँदिल्लीबाट गर्ने बताइएको छ । रेलमा एसी कोच, स्लीपर कोच र जेनरल कोच रहने बताइएको छ । रेल सेवा सञ्चालनबाट जनकपुरधाम र अयोध्याधामबीचको सम्बन्ध प्रगाढ हुने र दुबै धार्मिक नगरीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । प्रर्यटकहरुको आवागमन बढ्दा दुबै सहरको आर्थिक विकासमा ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ ।


