२०८३ कार्तिक १९, बिहिवार १७:४९

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार रोनाल्डोले सामाजिक सञ्जालमा आफ्नो राष्ट्रिय टिमको करियर समेटिएको भिडियो सामग्री सार्वजनिक गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

उनले भिडियोमा आफूले २३ वर्ष राष्ट्रिय टिममा जिम्मेवारी सम्हाल्न पाउँदा गौरान्वित भएको बताए । आफूले भावी पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्यका साथ सन्न्यासको घोषणा गरेको उल्लेख गरे ।

“मेरा सम्पूर्ण पोर्चुगिज समर्थकहरूलाई मैले लागाएको राष्ट्रिय जर्सी फिर्ता गर्ने समय आइसकेको महसुस गरेको बताउन चाहन्छु । मलाई कहीले पनि यो जर्सी मैले मात्र लगाइराख्नुपर्छ जस्तो लागेन । तर, मैले २३ वर्ष यो जर्सी लगाउने मौका पाए । यो जिम्मेवारी निभाउन पाउँदा म निकै गौरान्वित महसुस गर्छु । मैले जर्सी संसारका धेरै रंगशालामा लगाए । अब यो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने समय आएको छ,” रोनाल्डोले भिडियोमा भनेका छन् ।

दुई दशकभन्दा लामो समय राष्ट्रिय टिममा बिताएका उनले सन् २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । त्यति बेला उनी १८ वर्षका मात्रै थिए ।

राष्ट्रिय टिममा मात्रै उनले १७ वर्ष कप्तानी सम्हाले । राष्ट्रिय टिममा छँदा उनी पाँचपटक फिफाबाट सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यही वर्ष सम्पन्न फिफा विश्वकप २०२६ मा उनले आफ्नो कप्तानीमा पोर्चुगललाई अन्तिम १६ सम्म पुर्‍याएका थिए । तर, स्पेनसँग १–० ले पराजित भएपछि टोली अगाडि बढ्न सकेन ।

योसँगै उनले छैटौँपटक विश्वकप खेले । उनले राष्ट्रिय टिमको करियरमा एकपटक युरोपियन च्याम्पियनसिप र दुईपटक युरोपियन च्याम्पियनसिप जिते ।

तर, पछिल्लो केही महिना भने उनी र राष्ट्रिय टिमका मुख्य प्रशिक्षक नोकझोक देखिएको थियो । सेप्टेम्बर ३० मा नेसन लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा बेन्चमा राखिएपछि उनी रुष्ट भएका थिए । सोही कारण मुख्य प्रशिक्षक योर्गे जिजसबीच केही समय तिक्ततापूर्ण स्थिति सिर्जना भएको थियो ।

रोनाल्डो राष्ट्रिय टिममा २३४ खेलसहित सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । उमेर समूह हुँदै सिनियर टिममा स्थान बनाएका उनले राष्ट्रिय टिमका लागि १४६ गोल गरेका छन् । सिनियर टिमअघि उनले यू–१५, यू–१७, यू–२०, यू–२१ र यू–२३ टिमबाट पनि खेलेका थिए ।

Comment

Related News

Latest News

Trending News