२०८३ कार्तिक १९, बिहिवार १७:५८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ ।

बिहीबार चितवनमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको हो । उहाले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राखेर राख्ने किसिमको अभ्यासमा आफुहरु नरहेको उल्लेख गर्नुभयो । सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उहाले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीं प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताउनुभयो । उहाले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गर्नुभयो ।

कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरुलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उहाले बताउनुभयो । सभापति लामिछानेले परिवक्व ढंगले अघि बढ्नुपर्ने जस्ता प्रश्न आउन नदिने गरि सरकारले विधिको शासन अनुसार चल्न ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

Comment

Related News

Latest News

Trending News