२०८३ कार्तिक २०, शुक्रवार १३:४९
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता भएको छ ।
आफूलाई महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीले बिहीबार पेस गरेको रिट आज दर्ता भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई हटाएर डा. मनोज केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । कार्कीले सरकारको उक्त निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।


