२०८३ कार्तिक २१, शनिवार ०८:१६

टीभीएस कम्पनीको आकर्षक ‘गोल्डेन की योजना’ अन्तर्गत महोत्तरीका बालकृष्ण झाले शतप्रतिशत नगद फिर्ता प्राप्त गरेका छन् ।

जनकपुरधाममा शुक्रबार आर्यन अटोमोबाइल्सबाट टीभीएस अपाचे आरटीआर १६० फोरभी यूएसडी मोटरसाइकल खरिद गरेका सेवाग्राही झाले मोटरसाइकलको सम्पूर्ण खरिद मूल्य बराबरको ४ लाख २९ हजार ९०० रुपैयाँ नगद फिर्ता प्राप्त गरेका छन् । टीभीएस कम्पनीले ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरेको ‘गोल्डेन की योजना’ अन्तर्गत बालकृष्ण झा शतप्रतिशत नगद फिर्ता प्राप्त गर्ने भाग्यमानी विजेता बनेका छन् । उनले खरिद गरेको मोटरसाइकलको मूल्य बराबरकै रकम फिर्ता पाएपछि यो योजना थप चर्चामा आएको छ ।

जनकपुरधामस्थित आर्यन अटोमोबाइल्सबाट मोटरसाइकल खरिद गरेका झाका लागि यो उपलब्धि निकै खुसीको विषय बनेको छ । मोटरसाइकल खरिद गर्दा नै सम्पूर्ण रकम फिर्ता पाउने अवसरले ग्राहकहरूमा टीभीएसको यस योजनाप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ । ‘गोल्डेन की योजना’ ग्राहकका लागि मोटरसाइकल खरिदसँगै आकर्षक पुरस्कार जित्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ । यस योजनाअन्तर्गत बालकृष्ण झाले प्राप्त गरेको शतप्रतिशत नगद फिर्ताले अन्य ग्राहकलाई पनि यस्ता योजनामा सहभागी हुन प्रोत्साहित गरे ।

Comment

Related News

Latest News

Trending News