२०८३ कार्तिक २१, शनिवार १५:५३

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरुमाथि संसदीय सुनुवाई गर्दै सवैको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । समितिले शुक्रबार प्रस्तावित राजदूत डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुको सुनुवाई गरेको थियो भने शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाई गरेको थियो । सुनुवाईका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीशबिरुद्ध परेको उजुरीको चित्तबुझ्दो जवाफ प्राप्त भएको बताएका थिए ।

संसदीय सुनुवाई पछि सभापति श्रेष्ठले चारै जनाको नाम सर्वसम्मत अनुमोदन भएको घोषणा गर्नुभयो ।

असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो ।

Comment

Related News

Latest News

Trending News