नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले बिगतमा बर्षमा भएको सुशासन र बिकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताउनुभएको हो ।
उहाले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्त गरिएको समेत उल्लेख गर्नुभयो ।
वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गर्नुभयो । सरकारले हुँदै नहुने बिचित्रको काम देखाउन थालेको उहाले बताउनुभयो ।
प्रचण्डले सुशासनका बिरुद्ध लड्दा आफुहरुलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राख्नुभयो । उहाले कर्णालीको विकासका लागि आफुले बिगत देखि नै काम गरेको र शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा निकै प्रगति भएको बताउनुभयो ।


