२०८३ कार्तिक २२, आइतवार १३:१६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् ।

तिहार, नेपाल संवत्  तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भनेका छन्–

तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!
उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्।
यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाऊन्।
राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन हामी जनकपुरधामको गंगा सागरमा उपस्थित हुनेछौँ ।
सबैमा शुभकामना।

Comment

Related News

Latest News

Trending News