२०८३ कार्तिक २३, सोमवार ११:३९

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।

Comment

Related News