२०८३ कार्तिक २५, बुधवार ११:५३

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्।

यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको मतका लागि बैठक बोलाउन आग्रह गरेका हुन्।

कात्तिक २८ गते दिउँसो १ बजे सदनको बैठक बोलाउनका लागि मुख्यमन्त्री यादवले प्रदेश सभालाई आग्रह गरेका छन्।

सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

Comment

Related News

Latest News

Trending News