२०८३ कार्तिक २८, शनिवार १७:०२

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताउनुभएको छ ।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताउनुभयो । उहाले सरकार आफैले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गर्नुभयो । सभापति लामिछानेले रास्वपाले आफनै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रुपमा बुझ्न आग्रह गर्नुभयो ।

रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरुलाई सकारात्मक रुपमा लिने गरेको उहाको भनाइ छ ।

त्यस्तै सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफु अर्को पटक भोट माग्न नआउने बताउनुभयो ।

उहाले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफुलाई आवश्यक नरहेको उल्लेख गर्नुभयो । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उहाले नेता तथा कार्यकतालाई आग्रह गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News