२०८३ कार्तिक ३०, सोमवार १३:०६

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उनीहरूले राजदूत पदको शपथ लिएका हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार शपथ ग्रहण गर्नेहरूमा गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्ण रहेका छन्।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News