सुनचाँदीको भाउ आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारयता ओरालो लागेको सुनको भाउ हिजो सोमबार तोलामा एक हजार १०० रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलामा एक हजार ५०० र गएको शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको तीन हजार ४९० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि हिजो चाँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको तीन हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदी तोलामा १०० रुपैयाँले घटेर तोलाको तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


