२०८३ मंसिर ३, बिहिवार ०७:५५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने बताएकी छन् । जनकपुरधाममा बुधबार प्रमुख सचेतक ओलीले पार्टीका आगामी महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्वमा अगाडि बढाउनुपर्ने बताइन् ।

प्रमुख सचेतक ओलीले पार्टीका पूर्व अध्यक्ष कमल थापाले लामो समय नेतृत्व गरिसकेको र त्यसपछि राजेन्द्र लिङ्देनले नेतृत्व सम्हाल्नुभएको उल्लेख गर्दै अब पार्टीमा युवापुस्तालाई अवसर दिनुपर्ने बताइन् । पार्टीमा लोकतान्त्रिक अभ्यास रहेकाले नेतृत्वका लागि इच्छुक सबैले प्रतिस्पर्धा गर्न पाउने भए पनि वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई बुझेर अग्रज नेताले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

नेतृ ओलीले आफू पनि पार्टीको आगामी महाधिवेशनमा पदाधिकारी तहमा उम्मेदवारी दिने तयारीमा रहेको भन्दै कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा भने पार्टीभित्र छलफल र परामर्शपछि टुंगो लगाउने बताइन् । यस समाचारलाई सम्पादन गर्नुहोस् ।

Comment

Related News

Latest News

Trending News