२०८३ मंसिर ३, बिहिवार ११:३१

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको बिषयलाई अघि बढाउन सुझाव दिनुभएको छ ।

रुसको भ्रमण सम्पन्न गरि बिहीबार स्वदेश फर्कनुभएका प्रचण्डले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफु प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताउनुभएको हो ।

उहाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रचण्डले वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे अस्पष्टता भए पनि राम्रो काम गर्दा समर्थन र सहयोग रहने तथा नराम्रो गर्दा आलोचना हुने स्पष्ट नीति रहेको धारणा राख्नुभयो ।

रुसमा आयोजित सम्मेलनमा विश्वमा भइरहेका युद्ध, तनाव, ‘ब्रिक्स’ , बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेन लगायतका विषयमा पार्टी र देशको स्पष्ट धारणा राखिएको उहाले जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News