नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताउनुभएको छ ।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसंगको कुराकानीमा नेता निधीले १५औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभएको हो ।
महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको तथा बाँकी क्रममा रहेको उहाले बताउनुभयो ।
त्यस्तै नेता निधिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुर देखि अयोध्यासम्मको रेल सेवा नियमित रूपमा सञ्चालन गर्न तथा जनकपुरमा हवाई सेवा सुरु गर्न पहल हुनुपर्ने बताउनुभयो ।
भ्रमणका क्रममा नेपालको आर्थिक विकास, सीमा, यातायात र अन्य सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने विश्वास रहेको उहाको भनाइ छ ।

