२०८३ मंसिर ४, शुक्रवार १८:३३

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो। दुवै टोलीले उपाधी रक्षा गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने जनाएका छन् ।

खेल अघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले दुई दिनको आरामपछि फाइनल खेलका लागि निकै राम्रो तयारी रहेको र खेलका लागि निकै उत्साहित रहेको बताउनुभयो । उहाले आफ्नो टीम राम्रो लयमा रहेकाले नजिता आफ्नो पक्षमा आउने उल्लेख गर्नुभयो ।

त्यस्तै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले फाइनलका लागि आफुहरु तयार रहेको र निकै उत्साहित रहेको बताउनुभयो । लुम्बिनी लायन्सको बलिङ निकै राम्रो रहेकाले त्यसलाई कसरी फेस गर्ने भन्ने तयारी भइसकेको उहाको भनाइ छ ।

यसैबीच तेस्रो संस्करणको फाइनलका लागि सवै टिकट बिक्री भइसकेको क्यानले जनाएको छ । फाइनल प्रत्यक्ष मैदानमा पुगेर हेर्न टिकट नपाएका दर्शकलाई नेपाल क्रिकेट संघ -क्यान) ले अनलाइनबाट खेल हेर्न आग्रह समेत गरेको छ । मैदानको क्षमताअनुसार टिकट सीमित भएकाले बिक्री सुरु भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News