२०८३ मंसिर ५, शनिवार १४:१७

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका सरोज कुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी गराएका छन् ।

शुक्रबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कर्णले धारा १६८ को ३ अनुसार सबै भन्दा ठूलो दललाई नेतृत्व गर्न दिएका हुन ।

Comment

Related News

Latest News

Trending News