२०८३ मंसिर ६, आइतवार १५:३८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन )भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रश्थान गर्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा साझा हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ। साथै, केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ। नेपाल र भारतबीच आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा भ्रमण केन्द्रित रहने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहको यस भ्रमणबाट दुई देशबीच विगतदेखि छलफलमा रहेका परियोजनाहरूलाई अगाडि बढाउन तथा नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

प्रधानमन्त्री शाह दुइदिने भ्रमण सकेर सोमबार स्वदेश फर्कने तालिका रहेको छ ।

Comment

Related News

Latest News

Trending News