प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो स्थानीय समय अनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री साहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्री साह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका छन् । स्वागतका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारलगायत अधिकारी उपस्थित थिए । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री साहको भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय साझेदारीका प्राथमिकता समेटिएको १० बुँदे संयुक्त दृष्टिपत्र (भिजन पेपर) सार्वजनिक गर्ने तयारी गरिएको छ ।
दुवै देशका अधिकारीले यसको मस्यौदा तयार गरिसकेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा उर्जा सहकार्यासम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । ‘समृद्ध नेपाल, समुन्नत भारत’ को अवधारणामा आधारित भिजन पेपरमा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धता समेटिनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानवस्रोत विकासलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यासम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
यसका साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानवस्रोत विकासलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारीपत्र -एमओयु) आदानप्रदान गरिनेछ । प्रधानमन्त्री साहसँग भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी छन् । भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ । सोमबार प्रधानमन्त्री साहले नयाँदिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले नेपाल र भारतबीच भिजन पेपर सार्वजनिक गरिएको थियो ।
यसपटकको संयुक्त दृष्टिपत्रले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउने जनाएको छ । रास्वपाका सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्ध मजबुत बनाउन भ्रमण महत्त् वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री साह भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम रहेको जनाएको छ ।

