२०८३ मंसिर ७, सोमवार ०७:३२

धनुषा प्रहरीले कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोल निवासी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाइछिपाई बोकेर हिँडिरहेको अवस्थामा फेला पारिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित महिलालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार बरामद हतियारसहित पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News