२०८३ मंसिर ७, सोमवार १४:३२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस भएको बताउनुभएको छ ।

दुईपक्षीय वार्ता पनि सोमबार नयाँ दिल्लीस्थति हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस वर्ष नेपालका जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई प्रतिबिम्बित गरेको भन्दै नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरिएको बताउनुभएको हो ।

उहाले भोटेकोशी बाढी प्रभावित परिवारको जीवन पुनः सामान्य बनाउने, नयाँ अवसर सिर्जना गर्ने र भविष्यका विपद् सामना गर्न नेपालको क्षमता अझ बलियो बनाउने साझा संकल्प गरिएको उल्लेख गर्नुभयो । उहाले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई नयाँ मजबुती दिन २ खर्ब ४० अर्व नेपाली रुपैयाँको ‘डेभलपमेन्ट कोअपरेसन प्याकेज’ घोषणा गर्नुभयो ।

साथै उत्तराखण्ड र नेपालबीच धार्चुला रोड ब्रिजको उद्घाटन तथा बनबसामा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको भन्दै दोधारा–चाँदनी इन्टिग्रेटेड चेकपोस्टको कामलाई पनि तीव्र रूपमा अघि बढाइने उल्लेख गर्नुभयो । बिहार, उत्तर प्रदेश तथा भारतका अन्य राज्य र नेपालबीच सडक, रेल र सीमा कनेक्टिभिटीका परियोजनालाई गति दिइने तथा नेपालको पारवहन व्यापार सहज बनाउन काण्डला र पारादीप बन्दरगाहको पहुँच उपलब्ध गराइने उहाले बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News