२०८३ मंसिर १०, बिहिवार १२:१०

आज सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ  ।

हिजो सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज  चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजो तोलाको ३ हजार ४० रुपैयाँ थियो ।

यसअघि लगातार १० दिनसम्म घटेको सुनको भाउमा फेरि उतारचढाव देखिन थालेको हो ।

Comment

Related News

Latest News

Trending News