२०८३ मंसिर १०, बिहिवार १७:५२

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार (मंसिर १०, २०८३) जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो।

२०८३ जेठ २६ गतेको तुलनामा सोविता गौतमको मर्यादाक्रम चार स्थान माथि पुगेकी छन् भने शिशिर खनाल, विराज भक्त श्रेष्ठ र सुधन गुरुङ एक–एक स्थान तल झरेका छन्।

सोविता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो स्थानमा पुगेकी छन्। उनी तेस्रो स्थानमा आएपछि अघिल्लो सूचीमा तेस्रो रहेका शिशिर खनाल चौथो, चौथो रहेका विराज भक्त श्रेष्ठ पाँचौँ र पाँचौँ रहेका सुधन गुरुङ छैटौँ स्थानमा झरेका छन्।

त्यसैगरी, अघिल्लो सूचीमा छैटौँ स्थानमा रहेका सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन् भने आठौँ स्थानमा रहेका महावीर पुन यथावत् छन्। अन्य मन्त्रीको मर्यादाक्रम भने यथावत् छ।

Comment

Related News

Latest News

Trending News