२०८३ मंसिर १३, आइतवार ०९:१३

भारतको अयोध्याधामबाट जनकपुरधाम शनिवार आईपुगेको सरयुग– कमला रेल अयोध्याका लागि फर्किएको छ । भारतीय रेलले जनाए अनुसार हाल हप्तामा एक दिन सञ्चालन हुने रेल सेवाको नियमित सञ्चालन सुरु भएको छ ।

रेलमा थ्री टायर देखि फस्र्टक्लास एसी बोगी रहेको छ ।रेलको सुबिधा सम्पन्न फस्र्ट क्लासमा यात्रा गर्ने यात्रीहरुलाई विशिष्ट सुविधा प्रदान गरिएको छ ।रेलमा वेटिंग टिकटको व्यवस्था छैन् ।कन्फर्म टिकटबाट मात्र यात्रा गर्न मिल्ने छ ।

तर टिकट अनलाईनबाट काटन मिल्ने सुबिधा छ । रामायण सकिर्टमा पर्ने तिर्थस्थलहरुलाई हवाई, रेल र सडकबाट जोडने भारतीय योजना कार्यान्वयनमा छ । जनकपुरधाम र अयोध्याधाम जोड्न भारतीय रेलले सुरु गरेको रेलवे सेवालाई नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँगै संयु क्त रुपमा उद्घाटन गरेका थिए ।

नेपालमा हाल महोत्तरी जिल्लाको भँगहादेखि भारतको जयनगर सम्म एकमात्र रेल सेवा सञ्चालनमा रहेको छ । जनकपुरधाम–अयोध्याबीच सञ्चालन भएको रेलमा भित्र सेवा दिने कर्मचारीहरुको भगवा पहिरन तोकिएको छ ।

उनीहरु सन्तको भेषमा यात्रुहरुलाई सेवा प्रदान गरिरहेका छन् । रेलवे अधिकारीहरुका अनुसार रेलमा हाल निशुल्क साकाहारी भोजन प्रदान गरिएको छ ।रेलमा सवारीगर्दा धार्मिक यात्रामा रहेको पूर्ण अनुभूती हुने गरेको यात्रुहरुले बताएका छन् ।

रेललाई जनकपुरधाममा कम्तिमा एक राती स्टे गर्नुपर्नेमा स्थानीय होटेल व्यवसायीहरुले माग गरेका छन् ।उनीहरुले रेल केहि घण्टा भित्रै फर्किने भएकाले तिर्थयात्रीहरु जानकी मन्दिरको दर्शन गर्न मात्र भ्याउने गरेको बताउँदै एक रात्री विश्रामको व्यवस्था गरिए अन्य पवित्र तिर्थस्थलहरुको समेत दर्शन गर्न मिल्ने बताएका छन् ।

रेलवे सञ्चालनले नेपाल सरकारद्वारा जनकपुरधामलाई घोषणा गरिएको ‘वेडिंग डेस्टिनेशन’लाई बल पुग्नेछ । भगवान सीतारामको पावन विवाह स्थल समेत रहेको जनकपुरधाममा बिबाह गर्न हिन्दु धर्मावलम्बीहरुलाई उत्साहत थपिने बताइएको छ ।

Comment

Related News

Latest News

Trending News