नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशनको प्रचार प्रसार तथा सञ्चार व्यवस्थापनका लागि मिडिया सेन्टर शुभारम्भ गरिएको छ ।
प्रचार–प्रसार समितिका संयोजक एवं समूहका प्रवक्ता डा.प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । देउवा समुहले राष्ट्रिय महाधिवेशन नै कांग्रेसको झण्डा र चुनाव चिन्ह राखेर गर्न थालेपछि कांग्रेसका नेताहरुले बिरोध गरेका छन् ।उनीहरुले देउवा पक्षले भ्रमपूर्ण गतिबिधि गरिरहेको आरोप लगाएका हुन् । देउवा समुहले महाधिवेशनको लागि मिडिया सेन्टर सञ्चालन गरेको दिन कांग्रेसले त्यसको बिरोध गर्दै स्थानीय चुनावमा कांग्रेसलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झन्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरे । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका हुन् । …हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ।
नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,Ú महतले भने, …सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ। हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो।Ú पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो। महतले पार्टीको सङ्गठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने बताए । नेपाली कांग्रेसको देउवा पक्षले आगामी मङ्सिर २१ देखि २४ गतेसम्म काठमाण्डुको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।
महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ । यसअघि महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा। महतलाई जिम्मेवारी दिएको थियो । तर नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ । देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको हो ।
बैठकका निर्णयहरू सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसको नाम, लेटर प्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । …यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पु¥याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ, महामन्त्री पौडेलले भने ।
उनका अनुसार केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा …नेपाली कांग्रेसको नाम लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न नगराउन तथा त्यस्त गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा प्रस्तुत वा प्रचार प्रसार नगर्न केन्द्रीय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ भनिएको छ ।
बैठकले देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै त्यस्ता कार्यमा विश्वास नगर्न, त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा हार्दिक अपिल गरेको छ । बैठकले पार्टीको आग्रहविपरित पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन गरे कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।
आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचार प्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुन बमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,Ú निर्णयमा लेखिएको छ ।

