अनुचित लेनदेन -मिटरब्याज) -नियन्त्रण तथा नियमन) विधेयक संसदमा लैजाने तयारी अघि बढाएको छ ।
यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ । मिटरब्याजलाई नियन्त्रण र नियमन गर्न, अनुचित लेनदेन सम्बन्धी विषयलाई कसूर कायम, पीडितको अधिकारको संरक्षण र क्षतिपूर्ति उपलब्ध गराई आर्थिक कारोबारलाई व्यवस्थित गर्न आवश्यक भएको ऐन बनाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । प्रस्तावित विधेयकमा अनुचित लेनदेन -मिटरब्याज) भनेको कस्तो लेनदेन हो भन्ने विषयमा छुट्टै दफा छ । यससम्बन्धी व्यवस्था दफा ४ मा छ । जसमा मिटरब्याज कारोबार गरेको मानिने १० वटा आधार प्रस्तुत गरिएको छ । मिटरब्याज कारोबार गरेको मानिने १० वटा आधार तय गरिएको छ ।
-क) लेनदेन नभएको वा नगरेको रकम दिएको भनी वा लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत गर्ने वा गराउने, -ख) लेनदेन गदकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत गर्ने वा ब्याजलाई सावाँमा जोडी नयाँ लिखत गर्ने, -ग) प्रचलित कानुनमा तोकिएको ब्याजदरभन्दा बढी ब्याजदरमा ऋण लगानी र असुल गर्ने वा ऋणको सावाँभन्दा बढी ब्याज लिने, -घ) लेनदेन भएको भन्दा अगाडि वा पछाडिको मिति राखी लिखत तयार गर्ने वा खाली कागजमा ल्याप्चे सही छाप गराई आफू अनुकुलको लिखत कागज गर्ने वा ऋणीलाई लिखतको प्रति नदिने, -ङ) ऋण लेनदेनको कारोबारमा नलेखिएको -खाली) वा लिएको रकमभन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाउने, -च) ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने, लिखत नबनाउने वा भुक्तानीको प्रमाण लुकाउने, -छ) भ्रष्टाचार, अपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालना गर्ने वा गराउने, -ज) ऋण असुलीका लागि कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्ने, -झ) अनुचित लेनदेनको आधारमा ऋणीको चल तथा अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने, -ञ) एकै कारोबारको क्रममा समेत घरजग्गा पास, तमसुक, करार सम्झौता, चेक लगायतका धितो वापत एकभन्दा बढी लिखत खडा गर्ने ।
प्रस्तावित विधेयकको दफा ६ मा कसुर तथा दण्ड र सजाय सम्बन्ध व्यवस्था छ । दफा ६ को उपदफा १ अनुसार कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी वा दिएको वास्तविक रकमभन्दा बढी रकमको झुट्टा लिखत तयार गर्नु वा गराउनु हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था प्र्रस्तावित छ । तयस्तै, कसैले प्रचलित कानुनमा तोकिएको ब्याजदरभन्दा बढी ब्याजदरमा ऋण लगानी वा असुल गरे कसुर मानिने पनि व्यवस्था गरिँदैछ ।
विधेयकअनुसार ऐन बने यस्तो गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । लेनदेन गर्दाकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत गर्ने वा ब्याजलाई सावाँमा जोडी नयाँ लिखत गरे त्यो दण्डनीय हुने भनिएको छ । यस्तो कसूर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । खाली कागजमा ल्याप्चे वा सही छाप गराउने गर्ने सम्बन्धी कसुर गर्नेलाई पनि सजाय हुने व्यवस्था प्रस्तावित छ । कसैले लेनदेन भएको भन्दा अगाडि वा पछाडिको मिति राखी लिखत तयार गर्ने वा खाली कागजमा ल्याप्चे वा सही छाप गराइ आफू अनुकुलको लिखत तयार गरे तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
लेनदेन कारोबारमा नलेखिएको -खाली) वा लिएको रकमभन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाउनु नहुने पनि व्यवस्था राखिएको छ । यसो गगराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना व दुवै सजाय हुने प्रस्ताव छ । यस्तै, लेनदेन कारोबारको लिखतको प्रति ऋणीलाई नदिने, ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने, लिखत नबनाउने वा भुक्तानीको प्रमाण लुकाउने कार्य गर्नु नहुने व्यवस्था प्रस्तावित छ । यसो गरे तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।
भ्रष्टाचार, अपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन सम्बन्धी कसुर गरे दण्डनीय हुने भनिएको छ । कसैले ऋण असुलीका क्रममा कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्नु वा गराउनु हुँदैन । यस्तो कसूर गर्ने व्यक्तिलाई तीनदेखि सात वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि सत्तरी हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्थ गरिएको छ ।

