बुधबार नेपाली बजारमा सुनको भाउ ११ सय रुपैयाँले घटेको छ ।
मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहको छ । त्यसैगरी तेवजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!