• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

साँस्कृतिक आयोजन र बजार विस्तार

जनकपुर टुडे जनकपुर टुडे
२५ फाल्गुन २०७७, मंगलवार
1 min read
साँस्कृतिक आयोजन र बजार विस्तार

ेशमा संघीयताको स्थापना भएपछि धेर थोर, जे जसो भए पनि विविध साँस्कृतिक समुदाय बीच अन्तर्सम्वादका अवसरहरु सृजना हुँदै गएका छन् ।

विगतको एकात्मक राज्य प्रणालीमा, अझ सरकारी कामकाज संगै साँस्कृतिक भाषाको रुपमा समेत एउटै भाषा नेपाली भाषाको वर्चस्वको कारण सबै तिर यसकै बोलबाला जस्तो देखिन्थ्यो । सरकारी कामकाजको भाषाको रुपमा नेपाली अझै वर्चस्वधारी नै छ, तर प्रदेशहरुको संरचनाले विविध भाषाहरुलाई साँस्कृतिक, शैक्षिक र साहित्यको स्तरमा विकास गर्ने मौका पाएकोमा वर्तमान संघीयतालाई धन्यवाद दिनैपर्छ । प्रदेश नम्बर दुईमा मैथिली भापिक आन्दोलन वषौँ देखी रहँदै आएको छ । ०५६ सालमा काठमाँडौ नगरपालिकामा नेवा भाषा र जनकपुरधाम् र राजबिराज नगरपालिकामा मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगलाई सर्वोच्च अदालतले रोक लगाए पछि त्यसको विरुद्धमा जनकपुर र राजबिराज लगायत मैथिली भाषी क्षेत्रमा तीखो प्रतिक्रिया भएको थियो । संघर्ष समिति गठन भएको थियो र विरोध प्रदर्शनहरु पनि भएका थिए । सर्वोच्च अदालतको त्यो निर्णय नकारात्मक भए पनि त्यसले मैथिली भाषी क्षेत्रमा भाषाको राजनैतिक र साँस्कृतिक अस्तित्वबारे सचेतता बढाएको थियो । साहित्यिक स्तरमा भाषिक सचेतताको दृष्टिले मैथिली भाषी क्षेत्रमा कहिले सुस्त तकहिले तिव्र भए पनि अस्तित्व प्रतिको आन्दोलनी चेतना धेरै पहिले देखी नै रही आएको छ । संघीयताको आगमन पछि भाषा र पहिचानको आन्दोलनहरुले यसमा नयाँ आयाम र नयाँ सम्भावनाहरु विकसित हुँदैगएको हो । प्रदेश नम्बर दुईका मैथिली भाषी प्रायः सबै जिल्लामा अनेक रेडियो स्टेसनहरु र पत्र पत्रिकाहरु मैथिली भाषामा सञ्चालित हुनु यसैका परिणाम हुन् । नेपालमा सबैभन्दा बढी बोलिने भाषामध्ये दोस्रो स्थानमा मैथिली हुनुले पनि यस्को विकासमा सहयोग गरेको छ । अझ भनौँ भने सूचना र सञ्चारको क्षेत्रमा मैथिली भाषी क्षेत्रमा मैथिली सरकारी र गैरसरकारी स्तरमा समेत प्राथिमक र अनिवार्य जस्तै हुँदै गएको देखिन्छ । यसको कारण सञ्चार जगत तथा बजार दुबैको लक्षित उपभोक्ता समुदाय मैथिली भाषी हुनु हो । जहाँ सम्म यस भाषाको समृद्धि र इतिहासको प्रश्न छ, आफ्नो लीपी, समृद्ध व्याकरण भएको यस भाषामा साहित्य लेखनको परम्परा आठौँ शताब्दीबाट शुरु हुन्छ, र जतिबेला मैथिली माचौधौँ शताब्दीमा ज्योतिरिश्वरले ‘वर्णरत्नाकर’ जस्तो गद्यविम्बकोश र ‘धूत्र्त समागम’ जस्तो ब्यङग्य नाट्य (फार्स) जस्तो उच्चकोटिका साहित्यिक कृतिहरुको सृजना गरिरहेका थिए, त्यति बेला कयौँ भाषाहरुमा लेख्य परम्परा समेत शुरु भएको थिएन । ‘वर्णरत्नाकर’ नव भारतीय आर्य भाषाहरुमा दक्षिण एसियामा पहिलो गद्यग्रन्थ मानिन्छ । मैथिलीको ऐतिहासिक समृद्धि र वर्तमानमा भाषिक साँस्कृतिक चेतना र विशाल व्यापक वाचक समूह नै हो, जस्ले राजनीतिज्ञ र बजारलाई समेत आफूतिर आकर्षित गरी रहेको छ । मैथिली भाषी समुदायको हाल सम्म दुईवटा विशिष्टताहरु देखिँदै आएको छ —सँस्कृति र राजनीतिक चेतना । एउटा उसको विरासत हो भने अर्को देशमा राजनीतिक परिवर्तन र यसका निम्ती गरिएका जन संघर्षमा सहभागिताबाट प्राप्त आधुनिकता हो ।

तर राजनैतिक परिवर्तनहरु संगै पूँजी वादी बजारको विश्व व्यापी विस्तारले अब स्थानीयता तथा मातृ भाषी समुदायहरुको नै सर्गिकतालाई जसरी प्रभावित गर्दै गैरहेको छ, त्यसले मातृभाषी समुदायहरुलाई थप सचेतको माँग गर्दछ । नव उदारवादको रुपमा सामुन्ने आएको बजारको यो विश्व व्यापी बजारले मानवीय प्रयोगको सबै भौतिक र अभौतिक वस्तुहरुलाई आर्थिक मूल्यमा मा पनि गरिने उपभोग्य सामग्री र उपयोग गर्ने मानिसहरुलाई उपभोक्तामा परिणत गरिदिएको छ । अर्को अर्थमा संघीयताले सामाजिक साँस्कृतिक स्तरमा विविध भाषिक र साँस्कृतिक समुदाय बीच हार्दिक अन्तर्सम्वादको अवसर सृजना गर्नुका संग संगै नव उदारवादी बजारले पनि आफूलाई विस्तगर्दै गईरहेको छ । गएको हप्ता प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरधाम मा नव मिथिला फाउन्डेसन नामको संस्थाले जनकपुर लिटरेचर फेस्टिबलको नामबाट एउटा बौद्धिक आयोजन ग¥यो । मैथिलीभाषा, साहित्य, धर्म, दर्शन, फिल्म, नाटक, पत्रकारिता, कविता गोष्ठि लगायत विविध बौद्धिक विपयहरुमा चार दिन सम्म आयोजित यस गोष्ठिमा सी के लाल, प्रदीपगिरी, मनिषा कोइराला,, चन्द्र किशोर र राजेश हमाल, विप्लवप्रतीक, देखी दिलभूषण पाठक, भूषण दाहाल, सुजितमहत, लगायत नेपाली भाषा साहित्य, सिनेमा, समीक्षा र सञ्चार अर्थात समग्र बौद्धिक क्षेत्रमा फ्रन्टलाइनमा नियमित देखिने ख्यातिकमा एकामहारथीहरुको उपस्थिति यस आयोजनका विशेषता थिए । यस आयोजनका प्रायः सबै विषयहरु मैथिली बौद्धिकजगत संग नै सम्बन्धित थिए । कार्यक्रमहरुमा सहभागिता हेर्दा आयोजक मैथिली भाषी क्षेत्रका बौद्धिक वर्ग प्रति सम्वेदनशीलन देखिएको जस्तो भानुहुन्थ्यो । डा.राजेन्द्र विमल, डा. रामावतार यादव, रामभरोस कापडी, परमेश्वर कापडी, वृषेशचन्द्र लाल, अशोक दत्त जस्ता मैथिली भाषाका केही महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति देखिए पनि अन्य अनेकौँ छुटाउन नहुने तथा जनकपुरका अत्यन्त प्रतिष्ठित साहित्यकार र विद्वानहरुको अनुपस्थितिले कार्यक्रमका औचित्यता माथी प्रश्न खडा गरिरहेको थियो । त्यस्तै काठमाँडौबाट हवाईटिकट बुक गरेर नेपाली भाषाका आइकनहरुलाई बोलाउन सकिन्छ भने प्रदेश नम्बर दुई मैथिलीको अर्को केन्द्र राजबिराज तथा भोजपुरीको केन्द्र बीरगञ्जबाट समेत आयोजकले विद्वानहरु बोलाउन सक्नु पथ्र्यो ।

यतातर्फ ध्यान पुगेन आयोजकको । कार्यक्रमको समग्र समीक्षागर्ने हो केन्द्रिय विषय मैथिली रहे पनि सेसनहरुमा वक्ताको सहिभागितामा नेपाली भाषीहरु हो वर्चस्व देखिन्थ्यो । यस अतिरिक्त कार्यक्रममा ठाउँ ठाउँमा राखिएका नेपालका प्रमुख उत्पादनहरुको विशाल विज्ञापन होर्डिङ्गहरु र विशाल स्क्रिनमा घडी घडी बजी रहने विज्ञापनहरुले आयोजनलाई साहित्यिक भन्दा पनि व्यवासायिक विज्ञापन प्रदर्शनी जस्तो देखाउँथ्यो । स्थिति कहाँ सम्म थियो भने ‘फोन पे’ नामक एउटा विशाल विज्ञापन होर्डिङ्गमा प्रदेश नम्बर दुई का मूख्य मन्त्री मोहम्मद लालबाबू राउत नै हातजोडेर उभिएका थिए । प्रदेश का मूख्यमन्त्रीलाई नै प्रचार साधन बनाउनु भनेको चान चुने कुरा होइन । यस्तो प्रचार सामग्री बन्ने बेला मूख्यमन्त्रीले सोँचे–सोँचेनन्, उनैले जानुन, तर यस्ले कर्पोरेट र राजनीतिको मधुर सम्बन्ध त देखाउँछ नै । कम से कम यस्ले राजनीतिज्ञको नैतिक आचरण बारे प्रश्न त उठ्छ नै । यस आयोजनको समीक्षा गर्ने हो भने नेपालका प्रमुख कर्पोरेट हाउसहरुले कर्पोरेट मिडियालाई अगाडी सारेर प्रदेश नम्बर दुईको बौद्धिक क्षेत्रमा प्रभाव विस्तार गर्न खोजे जस्तो देखिन्छ । अर्को अर्थमा यो व्यवसायीहरुको उपभोक्ता शिकार (कन्ज्युमर हन्ट) बढी देखिन्थ्यो । नव उदारवादको आधुनिक हतियार साँस्कृतिक साम्राज्यवादहो । यो भनेको सबै साँस्कृतिक सामग्रीहरुलाई वर्चस्वकारी बजारको हितमा प्रयोग गर्नु । जनकपुर लिटरेचर फेस्टिबलको नाममा मैथिली भाषा र साँस्कृतिक सामग्रीहरुलाई व्यावसायिक बैँक, इन्टरनेट प्रदायक, बचत संस्थाहरु, आइएनजीओ÷एनजीओ र मदिरा उत्पादकसम्मको प्रचारस्थलको रुपमा जसरी प्रयोग गरियो, त्यसले यसै व्यावसायिक साँस्कृतिक विस्तारलाई सिद्ध गर्छ । धर्म, राजनीति र बौद्धिक वर्ग नववउदारवादी बजार का नयाँ हतियार हुन् । यहाँ पनि यस्तै थियो — आयोजन स्थल जानकी मन्दिर थियो, विषयहरु धार्मिक र साँस्कृतिक थिए— सीता दर्शन, जानकीमन्थन र वैदेहीहरु जस्ता । पूर्व राष्ट्रपतिले उद्घाटन गरेका थिए, उद्घाटन समारोह मा मूख्य मन्त्री देखी साँसदहरु उपस्थित थिए भने व्याख्यानहरुमा बौद्धिक वर्गहरु थिए । र चारै तर्फ उपभोग्य र विलासी सामग्रीहरुको विज्ञापन थियो । यस्को कुनै नयाँ बौद्धिक सार भने थिएन । निकाल्न आवश्यक पनि थिएन । यस आयोजनका बाहिरी आवरण नयाँ देखिए पनि यस्ले पुरातन चेतनालाई बल पु¥याई रहेको थियो । नयाँ भनेको बजारको प्रमोसन मात्र थियो । अब एउटा प्रश्नछ । के यो आयोजन विशुद्ध रुपमा व्यावसायिक संस्थानहरुबाट गरिएको थियो ? अथवा लिटरेचर फेस्टिबलको नाममा यस आयोजनमा प्रदश र स्थानिय सरकारले पनि खर्च गरेको छ ? छैन भने त ठिकै छ ।

छ भने प्रश्न उनीहरु तर्फ पनि उठ्छ । किनभने यस आयोजनले मैथिली साहित्य र सँस्कृतिक क्षेत्रमा उपेक्षाभाव र तिक्तता बढी जन्माएको छ । जनकपुर साहित्यिक महोत्सव (मैथिली लिट्रेचर फेस्टिबल) ले कम्तीमा जनकपुरमा साहित्यिक र साँस्कृतिक सरोकारबारे सचेत तहुनैपर्छ । समग्रमा यस आयोजनले प्रदेश नम्बर दुईको साँस्कृतिक, बौद्धिक र सञ्चार बजारमा राजधानीको कर्पोरेट र कर्पोरेट मिडियाको प्रत्यक्ष घुसपैठ बढाएको छ । प्रदेशमा साहित्यिक र सञ्चारक्षेत्रमा जुन विविध प्रकारका अवसरहरु सृजना भएका छन्, त्यो यस क्षेत्रकै मिहनेतको फल हो । यसको प्रथम लाभ यस क्षेत्रले नै पाउनु पर्छ । यसमा संघीय, प्रदेश र स्थानिय स्तरमा समेत सचेतताको आवश्यकता छ । बहुभाषिक आयोजनहरु खराब होइन, यस्ता आयोजनहरुले विविध समुदाय बीच साँस्कृतिक स्तरमा समेत आत्मीयता बढाउँछ । तर जब आयोजनहरु सँस्कृति र जन समुदाय भन्दा बढी बजार प्रति केन्द्रित हुन्छ, साँस्कृतिक र बौद्धिकताको अन्तर्य विकृत हुन जान्छ । सर्जकहरुले मानवीयता भन्दा पनि बजारलाई आकर्षित गर्ने अर्थात बिक्ने खालका सिर्जनाहरु गर्न थाल्छन् । यस्तोमा सिर्जनाको मानवीयता मर्छ र सिर्जनाको आत्मा अर्थात पाठ (कन्टेन्ट) समेत बजारु हुन जान्छ । सचेत हुने हो कि?

पछिल्लो समाचार !

विश्वभर ९ करोड ३३ लाख संक्रमणमुक्त, २६ लाख ११ हजारको मृत्यु

अघिल्लो समाचार !

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट गरिने

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

विकृतिजन्य गतिविधिको अन्त्य जरूरी : मुख्यमन्त्री
जनकपुर टुडे विशेष

विकृतिजन्य गतिविधिको अन्त्य जरूरी : मुख्यमन्त्री

4 hours पहिले
रोजा कतै सुरु, कतै सुरु हुँदै
जनकपुर टुडे विशेष

रोजा कतै सुरु, कतै सुरु हुँदै

4 hours पहिले
आज जुडशीतल पर्व मनाइँदै
जनकपुर टुडे विशेष

आज जुडशीतल पर्व मनाइँदै

4 hours पहिले
वीरगञ्जमा कोरोना संक्रमण फेरी बढ्यो
जनकपुर टुडे विशेष

वीरगञ्जमा कोरोना संक्रमण फेरी बढ्यो

4 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

2 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

2 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

4 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक

कोरोनाले खोस्यो चाडपर्वको रौनक

4 hours पहिले
फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

4 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper