file photo

नेपाली भाषालाई भारतमा सहायक–भाषाको मान्यता

जनकपुर टुडेजनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय

भारत सरकारले नेपाली भाषालाई सरकारले सहायक–भाषाको मान्यता दिने घोषणा गरेको छ ।

सोमबार कालिम्पोङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री अमित शाहले नेपाली भाषालाई भारत सरकारको सहायक–भाषाको मान्यता दिने घोषणा गरेका हुन् । उनले नेपाली भाषामा प्रसारण हुने मनोरञ्जनात्मक टेलिभिजन च्यानल स्थापना गर्ने तयारी समेत भारत सरकारले गरिरहेको जानकारी दिए । पाकिस्तानसँगको लडाइ र भारत निर्माणमा गोर्खाली समुदायको योगदानको गृहमन्त्री शाहले उच्च प्रशंसा गरे । सम्बोधनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सबै गोर्खाली समुदायलाई नोकरीको समेत सुनिश्चितता गर्ने दाबी गरे । साथै कालिम्पोङ क्षेत्रको पर्यटन विकासमा १ हजार करोड बजेट विनियोजन गरेको पनि गृहमन्त्री शाहले जानकारी दिए । नेपाली ढाकाटोपी लगाएर मञ्चमा प्रस्तुत भएका शाहले बंगालका मुख्यमन्त्री ममता बेनर्जीको कडा शब्दमा निन्दा गरे ।