कोरोनाको भारतीय भेरियन्टः डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी
जनकपुर टुडेजनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।अन्तर्राष्ट्रिय
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ ।
भारतमा B.1.617 भेरियन्ट फैलिएको छ । डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ । मारियाले अघि भनिन्, ‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं ।’ उनका अनुसार यस भेरियन्टको अधिक जानकारी मंगलबार उपलब्ध गराइने छ । डब्ल्यूएचओले भनेको छ B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकी यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो । यो भेरियन्ट धेरै देशहरुमा फैलिसकेको छ । संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् । भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । नयाँ संक्रमित विरामीहरुको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ ।
यसैबीच डब्ल्यूएचओले कोरोनाका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान सुरु गर्ने घोषणा गरेको छ । यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु हो ।