२०७८ जेष्ठ १५, शनिबार १५:४०

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रो पटक स्पष्टीकरण पठाएको छ ।

अध्यक्ष यादवले यसअघि पठाएको स्पष्टीकरणको जबाब नआएको भन्दै दोस्रो पत्र पठाएको हो । उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएको थियो । तर चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार अध्यक्ष यादवले पुनः स्ष्टीकरण माग्दै पत्र पठाइएका हुन । ’जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छ’, पत्रमा भनिएको छ । पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ ।

विभाजनको संघारमा रहेको जसपा भित्र एकले अर्कोलाई स्पष्टीकरण सोधेका छन् । यस अघि ठाकुरले यादवलाई पार्टी निर्णय विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । सरकारलाई हेर्ने दृष्टिकोणमा एकमत नहुँदा जसपा विभाजनको संघारमा छ ।

Comment

Related News

Latest News

Trending News