२०७८ जेष्ठ ३०, आईतवार ०७:०४

कोरोना महामारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कुशासनबाट नेपाली जनता कति आजित भएका छन र कति आक्रोशित छन त्यसको हिसाब–किताब इतिहासकारहरुले राखेका होलान । गणतान्त्रिक देशका लोकतान्त्रिक मान्यता र मूल्यहरु समाप्तगर्न उनले सम्भव भएसम्मको प्रयास गर्दै आएका छन । संविधान निमोठ्न र त्यसलाई समाप्तपार्न उनले गरेका प्रयत्नको कटु आलोचना चारैतिरबाट भै रहेकोछ । उनले दुइ दुइ पटक संघीय प्रतिनिधि सभा बिघटन गरिसके । पहिलो बिघटनलाई सर्बोच्च अदालतले असंबैधानिक ठहर्याइ सकेपछि फेरी दोस्रो पटक संघीय प्रतिनिधि सभाको बिघटन अलोकतान्त्रिक चरित्रको पराकाष्ठा हो ।अहिले दोस्रो पटकको बिघटनको मुद्दा सर्बोच्च अदालतमा चल्दैछ ।

संविधानको धारा ७७ अनुसार पदमुक्त भएका प्रधानमन्त्री ओलीको हैसियत अहिले काम चलाउ मात्रै हो । संविधानको यही धाराको उपधारा ३ ले उनलाई सरकार बिस्तारगर्ने अधिकार दिएको छैन । तर, उनले संविधानको उल्लंघन गरेर शासन चलाउने आफनो बिनासकारी कार्य रोकेका छैनन । शासनमा मात्र होइन, राजनीतिमा पनि उनी बिनासकारी साबित भएका छन । बिनासको यो क्रममा उनले आफनै राजनीतिक संस्था नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत ध्वस्त पारेका छन । राजनीतिक र भौतिक हिसावले पनि उनी कमजोर छन । उनले बालुवाटारमा रहेको आफनो सरकारी निवासलाई नै कार्यालय बनाएका छन । पार्टी र सरकारका काम कारबाही, समारोह, राजनीतिक षडयन्त्र जे जे गर्नु हुन्छ त्यो यहींबाट गर्दछन । नेपाल कम्युनिष्ट पार्टीको झगडा यहीं बसेको बैठकमा चरमोत्कर्षमा पुगेको थियो जब प्रचण्डले उनीमाथि संगीन राजनीतिक र आर्थिक आरोप लगाएका थिए । कोरोना र कुशासनले उत्पन्न गरेको कटुताको अहिलेको परिवेशमा उनका बिरुध्द कसैले पनिकठोर आक्रोश प्रकट गर्दछ भने त्यसलाई अस्वाभाबिक र आश्चर्यजनक भन्न मिल्दैन । सामान्य जनता प्रश्न गरी रहेका छन, ‘किन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य राजनीतिक दलहरु र नागरिक समाज किन ओली नेतृत्वको सरकारका बिरुध्द आवाज उठाइ रहेका छैनन ?

कुशासनको हद नाघीसक्दा पनि यो चेतना नजाग्नुको कारण के हो ? जनताको प्रश्न छ । बागमती प्रदेश सभाका सांसद नरोत्तम ैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति कठोर भावना ब्यक्तगर्दै महात्मा गान्धीको हत्यारा नाथुराम गोडसेको चर्चा गरेका थिए । उनले आफै गोडसे भएर प्रधानमन्त्री ओलीको हत्या गरिदिउँ कि जस्तो लागेको आशय प्रकट गरेका थिए । एक अनुशासित राजनीतिक कार्यकर्ताका रुपमा उनले आफनो पार्टीको निर्देशानुसार सदनमा आपूmले बोलेको कुरा फिर्तालिंदै माफी समेत मांगी सकेका छन । संसदको रेकर्डबाट नरोत्तमका शब्दहरु मेटिएका छन । माफी माग्दा पनि नरोत्तमले प्रधानमन्त्री ओलीप्रतिको बितृष्णा ब्यक्तगर्न छाडेका छैनन । नरोत्तमले गल्ती गरे । सदनको रोष्ट्रममा उभिएर माफी मांगे ।नरोत्तम बैद्यको मन कतिबेला हिंसात्मक हुन पुग्यो ? त्यो उनैलाई थाह छैन । जनताको बिजोग देखेपछि उनको रगत तात्यो । यत्ति हो कि उनले ग्वेवाराको नाम लिनखोज्दा मुखमा गोडसेको नाम आयो । यो कुरा सकियो । तर, प्रधानमन्त्री ओलीका कार्यकर्ताहरुले यो कुरा सिध्याउन चाहेका छैनन । उनीहरु नरोत्तमलाई आडमा राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोधमा लागेका छन । प्रधानमन्त्री ओलीका कार्यकर्ताहरुले यो कुरा राम्रोसंग बुझनु पर्दछ कि नेपाली राजनीतिबाट ओली नेतृत्वको एमालेको राजनीति बढारिदैछ । पश्चिमका प्रदेशहरुमा ओली एमालेको पराजय, पूर्वमा पराजयको तयारी र राष्ट्रपति बिद्यादेवी भण्डारीको टेकोमा अडिएको संघीय राजनीति ओली पतनका पूर्व संकेत हुन ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गृहमन्त्री बन्छु भन्दै हिंडेको, नपाएपछि ठस्स परेर बसेको, एक पत्तुर गुण्डाले कांग्रेसका बिरुध्द ओकलेको बिषादीको कुनै असर रहँदैन ।प्रधानमन्त्रीका कार्यकर्ताहरुले यो बुझेका छैनन कि नरोत्तम गान्धीजीका हत्यारा गोडसेका पक्षधर कहिल्यै होइनन । शुक्रबार कसरी उनको जिब्रो चिप्लियो र उनले ‘ग्वेवारा’ बिर्सेर ‘गोडसे’ बोले? त्यो आश्चर्यकै बिषयछ । सर्बोच्च अदालतको फागुन २३ गतेको हाहाकारी निर्णयपछि नेपाल कम्युनिष्ट पार्टी आफनो पुरानो स्वरुप एमाले र माओवादी केन्द्रमा फर्कियो । सर्बोच्च अदालतले त्यस्तो काइते फैसला नगरेको भएनेपाल कम्युनिष्ट पार्टीभित्र बैचारिक बहस हुन सक्थ्यो । त्यस्तो भएको भए एमालेमा लोकतान्त्रिक आचरणको उदगम पनि हुनसक्ने थियो ।एमाले भित्रको बैचारिक घर्षणले राजनीतिका धेरै रहस्यहरुबाट पर्दा खुल्नसक्ने थियो । दुइ मध्ये एक अध्यक्ष कामरेड प्रचण्ड हटेपछि एमालेका पितामह समान दुइ नेताहरु, झलनाथ खनाल र माधवकुमार नेपाल, अध्यक्ष ओलीका दम्भ र अहंकारका शिकार भए । अहिले उनीहरु शक्ति संचयको क्रममा रहेका छन । एमाले राजनीतिका बिज्ञहरुका अनुसार, यो पार्टीको चरित्र अरु पार्टीको भन्दा फरक छ । यो पार्टीमा जब कार्यकर्ताहरु बिभाजित हुन्छन त्यही हिसाबले नेतृत्वको पनि बिभाजन हुन्छ । अहिले पनि त्यही भइ रहेकोछ । प्रदेशहरुमा ओली समूहले निकै झेल गरेकोछ ।

तै पनि, खुट्टा गाडन सकेको छैन । दुइ नम्बर प्रदेशमा मजबूत मानिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीको निम्तो पाएपछि खुशी खुशी सरकारमा छिरेकोछ । महन्थ ठाकुरलाई छाडेर पार्टीका प्रायः सबै प्रभावशाली नेता सरकारमा छन । राजेन्द्र महतो उप–प्रधानमन्त्री छन र आफनो समूहका नेता पनि । अनील झा, शरतसिंह भण्डारी, राजकिशोर यादव, बिमल श्रीबास्तब तथा लक्ष्मणलाल कर्णको यो टोलीले मधेशका समस्याहरुको समाधानका लागि प्रधानमन्त्री ओलीलाई कसरी सहयोग पुर्याउनेछन ? त्यो हेर्न बाँकी नै छ । मधेशका मामिलामा गम्भीर देखिने महन्थ ठाकुर थुनामा परेका मधेशका राजनीतिक कार्यकर्तालाई रिहा गराउन कटिबध्द थिए । साथीहरुलाई मन्त्री परिषदमा पठाइ सकेपछि उनी केही बोलेका छैनन । मधेशको मांगराख्दा उनले प्रधानमन्त्री ओलीसंग ‘यो पटक हामी चेकबाट भुक्तानी लिदैनौं, हामीलाई नगद चाहिन्छ’ भनेका थिए । अब, सरकारमा गै सकेपछि नेताजीको टोलीले बिभिन्न साना अभियोगमा थुनिएका अथवा निर्वासनमा बसेका कार्यकर्ताको त उध्दार गराउलान । तर, सांसद रेशम चौधरीको रिहाइ कसरी गराउलान ? हेर्नुपर्ने बिषय यति मात्रै हो ।

रेशमको रिहाइ भएन भने जसपाका दुइ कद्दावर नेता महन्थ र महतो दुबैको घोर बेइज्जती हो । रेशममाथि मुद्दा चलाइएको समयको सर्वदलीय सरकार आफैले प्रशासन र सुरक्षाकर्मीहरुको कडा राजनीतिक दवावमा चलाएको ज्यान मुद्दा प्रधानमन्त्री ओलीको सरकारले कसरी फिर्ता लिने हो ? अहिलेको लागि अहं प्रश्न यही हो ।

Comment

Related News